काठमाडौँ । नेपालमाथि लाओसले पहिलो हाफमा १-० को अग्रता लिएको छ ।
२०२६ को फिफा विश्वकपको छनौट अन्तर्गत एशियन जोनको पहिलो चरणको दशरथ रंगशालामा जारी खेलमा खेलको ३३औं मिनेटमा गोल गर्दै लाओसले नेपालमाथि १-० गोलको अग्रता लिएको हो ।
लाओसविरुद्ध गोलकिपर किरणकुमार लिम्बु, डिफेन्डर सनिश श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, आशिष चौधरी, मिडफिल्डर लकेन लिम्बु, आवास लामिछाने र मनिष डाँगी खेल्दै छन् । त्यस्तै फरवार्ड अन्जन विष्ट, आयुष घलान, गिलेस्पे जंग कार्की खेलिरहेका छन् ।




