खेलकुद

इरानविरुद्ध कप्तान देव खनालको शतक

काठमाडौँ । नेपाली यू-१९ राष्ट्रिय टिमका कप्तान देव खनालले इरानविरुद्ध शतक प्रहार गरेका छन् ।

जारी एसीसी यू- १९ प्रिमियर कप अन्तर्गत इरानविरुद्धको खेलमा खनालले शतक प्रहार गरेर आउट भएका छन् ।

उनले ६० बलमा १२ चौका र ४ छक्का प्रहार गर्दै शतक पुरा गरेका थिए । शतक पुरा गर्नासाथ उनी आउट भएका थिए ।

यू-१९ प्रिमियर कपको यस खेलमा नेपालले टस हारेर पहिला ब्याटिंग गरिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *