खेलकुद

न्यूजील्याण्डले नेदरल्याण्डसलाई दियो ३२३ रनको लक्ष्य

काठमाडौँ । न्यूजील्याण्डले नेदरल्याण्डसलाई ३२३ रनको लक्ष्य दिएको छ । जारी क्रिकेट विश्वकप अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले ५० ओभरमा ७ विकेट गुमाउदै ३२२ रन बनाएको हो ।

न्यूजील्याण्डका लागि विल योंगले सर्बाधिक ७० रन बनाएका थिए भने कप्तान टम लाथमले ५३, रचिन रविन्द्रले ५१, डार्यल मिचेलले ४८, डेभोन कोनवेले ३२ रन बनाएका थिए । त्यसैगरी मिचेल सान्टनरले अविजित ३६ रन बनाए भने माट हेनरीले अविजित १० रन बनाएका थिए ।

त्यसैगरी नेदरल्याण्डसका बलर आर्यन दत्त, पाउल भान मीकेरेन र रोइलोफ भान डेर मेरवेले २-२ विकेट लिएका थिए भने बास डे लीडेले एक विकेट लिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *