काठमाडौं । नेपाली महिला क्रिकेट टिमटिमलाई मलेसिया एयरपोर्टमा समस्या परेको छ ।
नेपाली महिला टिमको टिकटमा समस्या आएपछि नेपाल फर्कने क्रममा उनीहरु एयरपोर्टमा समस्यामा परेका हुन् ।
मलेसियाको समय अनुसार बेलुकी ६ बजेको हिमालय एयरलाइन्सको टिकट भएकाले नेपाली टिम होटलको चेक आउट टाइमै निस्किएर छिट्टै विमानस्थल पुगेका थिए । प्राविधिक समस्या देखा परेपछि हिमालय एयरलाइन्सले राति ३ बजेका लागि टिकट सारिएको थियो । त्यसकारण विमानस्थलमा पुगेका नेपाली महिला क्रिकेट खेलाडीहरुले १२–१३ घण्टा प्रतिक्षामा त्यही कुर्नुपरको स्रोतले जनाएको छ ।
प्राविधिक गडबढीका कारण यस्तो समस्या फेला परेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
क्यानका अनुसार जहाजमा समस्या देखा परेपछि खेलाडीलाई विमानस्थलमा नै बस्न र खानाको व्यवस्था मिलाएको थियो ।




