खेलकुद

इटालीलाई हराउदै दक्षिण अफ्रीका राउण्ड १६ मा

काठमाडौँ । दक्षिण अफ्रिकाले इटालीलाई स्तब्ध पार्दै जारी महिला फुटबल विश्वकपको राउण्ड १६ मा पुगेको छ ।

बुधबार सम्पन्न खेलमा दक्षिण अफ्रिकाले इटालीलाई अन्तिम समयमा गोल गर्दै ३-२ को रोमान्चक जित हासिल गरेको हो ।

दक्षिण अफ्रिकाको जितमा खेलको ९२औं मिनेटमा थेम्बी कगाटलानाले निर्णायक गोल गरेकी थिइन् । त्यस्तै यसअघि हिलदाह मागैयाले गोल गरेकी थिइन् भने एक गोल इटालीकी बेनेडेट्टा ओरसीले एक गोल आत्मघाती गोल गरेकी थिइन् ।

त्यस्तै इटालीका लागि अरिन्न करुसाले दुई गोल गरेकी थिइन् ।

यो जितसँगै दक्षिण अफ्रिका समुह जी मा ३ खेलमा ४ अंकसहित दोस्रो हुदै राउण्ड १६ मा छनौट भएको छ । दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको दोस्रो चरणमा पुगेको हो । त्यस्तै इटाली विश्वकपबाट बाहिरियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *