लन्डन । म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा इन्टर मिलानलाई १–० ले पराजित गर्दै सिटीले च्याम्पियनसिप लिगको उपाधि जितको हो ।
टर्कीको एटाटर्क ओलम्पिया स्टेडियममा भएको फाइनल खेलको पहिलो हाफ बराबरीमा रोकिएको थियो । निकै प्रतिस्पर्धात्मक खेलको ६८ औं मिनेटमा रोड्रीले गरेको गोलले सिटीलाई च्याम्पियन सिपको उपाधि जित्नका लागि निर्णायक बन्यो । त्यसपछि दुवै पक्षवाट कुनै गोल निस्क्न नसक्दा खेल १–० मा टुंगिएर सिटी च्याम्पियन सिपको उपाधि चुम्न सफल भयो ।
यो जितसँगै म्यानचेस्टर सिटीले एकै वर्ष तीन उपाधि जितेर दुर्लभ कीर्तिमान राखेको छ । सिटीले इंग्लिस प्रिमियर लिग, युएफा कप र च्याम्पियन्स लिग जितेको हो ।
पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जित हासिल गरेको सिटीले यसै सिजनको इंग्लिस प्रिमियर लिग र एफए कपको उपाधिमा पनि जीत हासिल गरेको थियो ।




