खेलकुद

लिड्सको पोष्टमा लिभरपुलको आधा दर्जन गोल

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले लिड्स युनाइटेडलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा लिभरपुलले लिड्सलाई ६-१ गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा मोहमद सलाह र डिओगो जोटाले २-२ गोल गरेका थिए भने कोडी गाक्पो र डर्विन नुनेजले एक एक गोल गरेका थिए ।

त्यसैगरी लिड्सका लागि एक गोल लुइस सिनिसटेराले फर्काएका थिए ।

यो जितपछि लिभरपुलको ३० खेलमा ४७ अंक भएको छ र लिगमा आठौँ स्थानमा उक्लिएको छ ।

त्यसैगरी लिड्स युनाइटेडको भने ३१ खेलमा २९ अंक छ र लिगमा १६औं स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *