खेलकुद

लिगमा पुलिसको पहिलो जित

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत नेपाल पुलिस क्लबले पहिलो जित हासिल गरेको छ । पुलिसले जारी लिगको आफ्नो सातौँ खेलमा पहिलो जित निकालेको हो ।

सोमबार एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा पुलिसले फ्रेन्ड्स क्लबलाई ३–१ गोल अन्तरको जित हासिल गरेको हो । पुलिसका लागि बुद्धबल तामाङले दुई र मोसेस त्वुमले एक गोल गरेका थिए । त्यस्तै फ्रेन्ड्सका टोरिक जेब्रिनले गोल गरेका थिए ।

लिगमा पहिलो जित निकालेको सात खेलबाट चार अंक जोडेको छ । जितका बाबजुद पुलिस अंकतालिकाको पुछारमै रहेको छ । त्यस्तै फ्रेन्ड्स पनि ७ खेलमा ४ अंक हासिल गर्दिया रेलिगेसन जोनमै छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *