खेलकुद

आसिफको पपुवा न्युगिनीविरुद्ध अर्धशतक

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेटले आइसीसी विश्वकप लिग टू अन्तर्गतको आज नेपालले पपुवान्युगिनी (पिएनजी)विरुद्ध खेलिरहेको छ ।

पपुवा न्युगिनीले दिएको १८० रनको लक्ष्य पछाएको नेपालका लागि ओपनर आसिफ सेखले अर्धशतक पुरा गरेका छन् । आसिफ सम्हालिएर खेल्दै ८७ बलमा आफ्नो अर्धशतक पुरा गरेका हुन् । ३०औं एकदिवसीय खेल खेलिरहेका आसिफको यो सातौ अर्धशतक हो ।

पपुवा न्युगिनीले नेपाललाई दबाबमा राख्दै अहिलेसम्म ७ विकेट लिइसकेको छ । यो समाचार तयार गरुन्जेल नेपालले ३४ ओभरमा ७ विकेट गुमाउदै ११३ रन बनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *