अर्थ

सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं । स्थानीय नेपाली बजारमा सुनचाँदी मूल्य बढेको छ। छापावाल सुन प्रतितोला रु एक हजार ४०० र असली चाँदी रु ३५ ले बढेको हो।

आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ४२ हजार ८०० र असली चाँदीको मूल्य रु तीन हजार ७५ कायम भएको छ। हिजो छापावाल सुन प्रतितोला रु दुई लाख ४१ हजार ४०० र असली चाँदी रु तीन हजार ४० मा कारोबार भएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *