रूपन्देही । नेपाली कांग्रेसका पुर्बप्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार बिहान प्युठानस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्वारी पुगेर स्वर्गद्वारी महाप्रभुको दर्शन तथा पूजाआजा गरेका छन्।
स्वर्गद्वारी आश्रम पुगेका देउवालाई आश्रमका उत्तराधिकारी ध्रुवश्रीले स्वर्गद्वारी महाप्रभुको जीवन, तपस्या तथा आश्रमको धार्मिक र ऐतिहासिक महत्वबारे जानकारी गराएका थिए।
दर्शन तथा पूजाका क्रममा देउवासँगै नेपाली कांग्रेस लुम्बिनी प्रदेशका नवनिर्वाचित सभापति रोज राणा, प्युठान कांग्रेसका सभापति देवेन्द्रसहित जिल्लाका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत लुम्बिनी प्रदेशको दोस्रो अधिवेशन उद्घाटनका लागि देउवा देउखुरी पुगेका थिए। सोही क्रममा उनले स्वर्गद्वारी पुगेर महाप्रभुको दर्शन तथा पूजाआजा गरेका हुन्।




