देश

ताप्लेजुङको ओलाङचुङगोलामा केन्द्रविन्दु बनाएर ५.६ म्याग्निच्युडको भूकम्प

काठमाडौँ। ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प आज बिहान ७ बजेर १७ मिनेटमा गएको हो । भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस गरिएको थियो । भूकम्पबाट कुनै क्षति भए नभएको बारेमा हालसम्म कुनै जानकारी प्राप्त भएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *