काठमाडौं । भारतबाट भन्सार छली नेपाल भित्र्याइएको आशंकामा प्रहरीले करिब ८० लाख रुपैयाँ मूल्य पर्ने मर्सिडिज बेन्ज कार नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार भारतीय नम्बर प्लेट भएको कार नियन्त्रणमा लिइएको हो। प्रहरीले उक्त कारको अनुमानित मूल्य ८० लाख रुपैयाँ रहेको जनाएको छ।
प्रहरीले कार बरामद गरेपछि आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि भन्सार कार्यालय बेलहिया, रुपन्देहीमा बुझाएको छ।
भन्सार छली गरी सवारीसाधन नेपाल भित्र्याउने गतिविधिमाथि निगरानी बढाइरहेको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएको कारको थप अनुसन्धान तथा आवश्यक कारबाही भन्सार कार्यालयबाट अघि बढ्नेछ।





