देश

भ्रष्टाचार र शक्तिको दुरुपयोगमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

शुक्रबार ७१औँ प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले प्रहरी कर्मचारीले नागरिकमैत्री व्यवहार, निष्पक्ष अनुसन्धान र जवाफदेहितालाई आत्मसात् गर्नुपर्ने बताए ।

उनले भ्रष्टाचार, शक्तिको दुरुपयोग र पक्षपातविरुद्ध शून्य सहनशीलताको नीति अपनाउन निर्देशन दिए । साइबर अपराध, वित्तीय अपराध तथा आधुनिक अनुसन्धान प्रविधिमा प्रहरीको क्षमता अभिवृद्धि गर्दै नागरिकको विश्वास जित्न आवश्यक रहेको उनको भनाइ थियो ।

गृहमन्त्री गुरुङले प्रहरीको बर्दी डरको नभई आशा, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्ने बताए ।सही काम गर्ने प्रहरीको साथमा सरकार सधैँ रहने तर गलत कार्यको संरक्षण नगरिने उनले स्पष्ट पारे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *