देश

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटीको अग्रता कायमै

काठमाडौँ । नेपाली कांग्रेसको सहमहामन्त्री खुलातर्फको मतगणनामा रामहरि खतिवडा र अजय सिवाकोटीले अग्रता कायम राखेका छन् ।

दुई पदका लागि भइरहेको प्रतिस्पर्धामा पछिल्लो अपडेट अनुसार ५०८९ मत गणना हुदा खतिवडाले २१७८ मत प्राप्त गरेका छन् भने सिवाकोटीले १५५६ मत प्राप्त गरेका छन् ।त्यस्तै, डिल्लीराम सुवेदीले १३३०, देवेन्द्रराज कँडेलले १०१२, राजीव ढुंगानाले ९०१ र विकास कोइरालाले ८१५ मत पाएका छन् ।

यसैगरी, अमृतकुमार अर्यालले ६६६, रमेशप्रसाद धमलाले ५८० र विमलराज क्षेत्रीले १९६ मत प्राप्त गरेका छन् ।सहमहामन्त्री खुलातर्फ दुई पदका लागि नौ जना प्रतिस्पर्धामा छन् ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *