काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणनामा प्रारम्भिक परिणामअनुसार डा. चन्द्रकान्त भण्डारी, विनोदकुमार चौधरी, उदयशमशेर राणा र डा. डिला संग्रौलाले अग्रता बनाएका छन् ।
निर्वाचन समितिका अनुसार कुल ७ हजार ४३ मत खसेकामा हालसम्म २ हजार २३१ मत गणना भएको छ । सार्वजनिक मतपरिणाममा खुला उपसभापतितर्फ भण्डारी, समावेशी उपसभापतितर्फ चौधरी, खुला महामन्त्रीतर्फ राणा र महिला महामन्त्रीतर्फ संग्रौला अगाडि देखिएका हुन् ।
उपसभापति खुलातर्फ भण्डारीको अग्रता
खुला उपसभापतिका दुई पदका लागि भएको प्रतिस्पर्धामा डा। चन्द्रकान्त भण्डारीले १ हजार ५७ मत प्राप्त गर्दै अग्रता लिएका छन् । ई। मधु आचार्यले ७१२, सुरेन्द्रराज पाण्डेले ६८०, गोविन्द भट्टराईले ६०९ र धनराज गुरुङले ४०६ मत पाएका छन् । त्यस्तै, दीपक गिरीले ३०१ र प्रा। डा। चन्द्रमोहन यादवले १९३ मत प्राप्त गरेका छन् ।
समावेशी उपसभापतिमा चौधरी अगाडि
समावेशी उपसभापतिको एक पदका लागि भएको प्रतिस्पर्धामा विनोदकुमार चौधरीले ६१५ मतसहित अग्रता कायम गरेका छन् । जीवन परियारले ५७८, सीता गुरुङले ३३४, फरमुल्लाह मन्सुरले २८५ र रञ्जित कर्णले १८३ मत प्राप्त गरेका छन् ।
खुला महामन्त्रीमा उदयशमशेरको अग्रता
खुला महामन्त्रीका दुई पदका लागि भएको मतगणनामा उदयशमशेर राणाले ७८६ मत प्राप्त गर्दै पहिलो स्थानमा छन् । अमरसिंह पुनले ६९५ र डा। सुनिलकुमार शर्माले ५२६ मत प्राप्त गरेका छन् ।
यसैगरी, गुरुराज घिमिरेले ३२८, प्रदीप पौडेलले १३८, शंकर तिवारीले ४६, डा। सन्तोष उपाध्यायले २८ र नैनसिंह महरले २७ मत पाएका छन् ।
महिला महामन्त्रीमा डिला संग्रौला अगाडि
महिला महामन्त्रीको एक पदका लागि भएको प्रतिस्पर्धामा डा। डिला संग्रौला ९पन्त० ले ९६५ मत प्राप्त गरेकी छन् । उनीसँगै प्रतिस्पर्धामा रहेकी महालक्ष्मी उपाध्याय ९डिना० ले ९५२ मत पाएकी छन् । यी दुई उम्मेदवारबीचको मतान्तर १३ रहेको छ ।
त्यस्तै, रिता खनालले २५१ मत प्राप्त गरेकी छन् ।
मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ । सार्वजनिक प्रारम्भिक मतपरिणामले विभिन्न पदमा उम्मेदवारहरूबीच प्रतिस्पर्धा रोचक बन्दै गएको देखाएको छ ।




