कर्णाली प्रदेश

 कर्णाली प्रदेशमा मन्त्रिपरिषदले पूर्णता नपाउँदा ओली र प्रचण्डको चर्को आलोचना 

काठमाडौं । जेनजी आन्दोलनपछि विभिन्न भागमा विभाजित भएको कम्युनिष्ट नेतृत्वलाई बलियो बनाउन नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बिच प्रदेश सरकार गठनबारे सहकार्य बढेको निकै लामो समय भइसकेको छ । तर सबै प्रदेशमा विवाद समाधान भने हुन सकेको छैन् । ओली र प्रचण्डलाई एकताबाट छुटाउने अर्को थरीका समुहले विभिन्न फण्डा रचिरहेका छन् । अर्को थरी संकटको समयमा नेतृत्व बलियो बनाउने विषयमा एक हुन आग्रह गरिरहेका छन् ।   कर्णाली  प्रदेशमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक प्रचण्डले मन्त्री चयनको विषयमा तत्काल निचोड निकाल्न नसक्दा कर्णाली प्रदेशमा नेता तथा कार्यकर्ताहरुले प्रदेश सरकारलाई पूर्णता दिने विषयमा तत्काल निष्कर्षमा पुग्न आग्रह गरेका छन् ।
कर्णाली  प्रदेशमा एक हप्ता वित्दा समेत ओली र प्रचण्डले कसलाई मन्त्री बनाउने भन्ने विषयमा अन्तिम निचोड दिन नसक्दा अन्योलमा सरकार  परेको भन्दै कर्णालीका सांसद तथा मन्त्रीहरुले उनीहरुलाई नेतृत्वलाई बलियो बनाउनका लागि समयमा निष्कर्षमा पुग्न आग्रह गरेका हुन् ।  राजनीतिक वृतदेखि विभिन्न निकायमार्फत उठेको विषयका अनुसार प्रचण्ड र ओलीले नेतृत्वका विषयमा तत्काल निर्णय लिएर मन्त्रिपरिषदलाई पूर्णता दिनुपर्छ ।
प्रतिपक्ष दलका सांसदहरूले सरकार सत्ता, पद र भागबन्डाको खेलमा व्यस्त रहेको उनीहरुको आरोप छ ।  सांसदहरूले मुख्यमन्त्रीलाई बधाई दिँदै केन्द्रका नेताहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल ९प्रचण्ड० लाई मन्त्रीहरूको कोटा छिटो मिलाउन आग्रह हुन् ।    कर्णाली प्रदेशमा नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बिच सत्ता साझेदारी भई मंगलबहादुर शाही मुख्यमन्त्रीमा नियुक्त भएको  एक हप्ता बित्दा समेत प्रचण्ड र ओलीले बाँकी मन्त्रीहरुको नामावली टुङ्ग्याउन दबाब दिन थालेका छन्  ।    बुधबार सत्ता प्रतिपक्ष दल नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का सांसदले  प्रदेश सभा बैठकमा सरकार चनाखो र तत्कालन नेतृत्वमा पुग्न सक्ने क्षमता राख्नुपर्ने भन्दै सरकारको आलोचना गरेका हुन् ।
 कर्णाली प्रदेश सरकारको गैरजिम्मेवार कार्यशैलीप्रति चर्को आलोचना हुन थालेको छ ।  जनताले सरकारलाई तीब्र नेतृत्व, पारदर्शीता र सुशासनका लागि मतदान गरेको भन्दै सरकारलाई सत्ता  दरुपयोग नगर्न सुझाव दिएका छन् ।  सरकार गठन भएको लामो समय बित्दा समेत  मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको भन्दै राप्रपा सांसद सन्तोषी शाहीले चर्को आलोचना गरेकी हुन् ।  सरकारको प्राथमिकता जनताको सेवा नभई सत्ता, पद र भागबन्डामा अडुकीएकमा जनतामा भ्रम सिर्जना हुने भन्दै समयमानै नेतृत्वबारे निर्णय लिनुपर्ने बताए ।
कर्णालीका जनताले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र सुशासनको अपेक्षा गरिरहेको भन्दै सरकार भने भागबन्डाको खेलमा व्यस्त रहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । एउटै राजनीतिक धारका दलहरूबीच आन्तरिक विश्वासको कमि भएको भन्दै उनले समयमा नेतृत्व अभावबारे समेत हुन आग्रह गरेकी छन् ।     यस्तै कांग्रेस सांसद बेदराज सिंहले  पनि मुख्यमन्त्रीलाई बधाई दिएको लामो समय भए पनि मन्त्रिपरिषदले पूर्णता नपाउनु दुःखद भएको बताएका छ्न ।  आफूहरु  सिंगो सरकारलाई बधाई दिन आतुर रहेको भन्दै समयमा नै मन्त्रिपरिणदले पूर्णता पाउने विषयमा नेतृत्वसामु गहिरो छलफल र सहमती आवश्यकता रहेको बताएका छन् । उनले सभामुखमार्फत एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई आग्रह  गरेका छन्  ।
गत आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले १२ अर्बभन्दा बढी बजेट खर्च गर्न नसकेको उनले आरोप समेत लगाएका छन् ।  आर्थिक वर्षको पहिलो महिनामै सरकार भागबन्डामै अल्झिएको भन्दै सरकारको उनले ध्यानकषैण गराए ।  कार्यविधि बनाउने, वार्षिक समीक्षा गर्ने र प्रशासनिक निर्णय लिने समय भएको तर सरकार सरकार पूर्णता दिन नसक्नु दुःख द भएको उनको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *