देश

कलाकारकै शैलीले ‍विवादमा प्रधानमन्त्री बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख हुँदै प्रधानमन्त्री बनेका बालेन शाहको राष्ट्रिय राजनीतिमा सबैभन्दा धेरै चर्चा र विवाद दुबै भएका पात्रमध्ये एक बनेका छन्। सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म उनको चर्चा र विवाद दुबै देखिन्छ । समर्थकहरूले देशलाई नयाँ पुस्ताको नेतृत्व आवश्यक रहेको बेला प्रधानमन्त्री बनेका बालेनको गरिबलाई हेर्ने दृष्टिकोण नै विवादको विषय बनेको छ भने भ्रष्ट्राचारी, बिचौलिया र दलालीहरुलाई चुइक्क बनाउने नेतृत्व उनको सकरात्मक पाटो बनेको छ ।

यद्यपि बालेन स्वयं भने यस्ता बहसप्रति खासै प्रतिक्रिया दिने गरेका छैनन्। उनले आफ्नो ध्यान देशका प्रमूख प्रशासन, सुशासन र सेवा प्रवाहमा केन्द्रित रहेको सन्देश पटक–पटक दिएका छन्। बालेनको कार्यशैली परम्परागत राजनीतिभन्दा फरक मानिन्छ। राजनीतिक दलभन्दा प्रशासनिक सुधार, कानुन कार्यान्वयन र प्रत्यक्ष जनउत्तरदायित्वमा जोड दिने उनको शैलीले युवापुस्तामाझ लोकप्रियता कमाएको छ। यही लोकप्रियताका आधारमा धेरैले उनलाई राष्ट्रिय नेतृत्वका लागि सक्षम विकल्पका रूपमा सफल प्रधानमन्त्री बनाउनुपर्ने तर्क गरिरहेका छन् ।

तर प्रधानमन्त्री बनिसकेकाले लोकप्रियता मात्र पर्याप्त हुँदैन। नेपालको संसदीय व्यवस्थामा लोकतान्त्रि पद्धति ,मुल्यमान्यता र नागरिकको सुरक्षा र अधिकार दिलाउने कुरा प्रमूख मानिन्छ । राजनीतिक दल वा संसदीय समर्थन सुनिश्चित, जनसमर्थनसँगै राजनीतिक सहकार्य र संसदीय अंकगणित पनि उत्तिकै निर्णायक हुन्छ।

सरकारका प्रमूख प्रतिपक्ष दलहरुले बालेनलाई सफल प्रधानमन्त्री बनाउन चाहान्छन् तर उनी कलाकारकै रुपमा रमाउन चाहान्छन् । यसबीच उनका समर्थकहरूले भने सामाजिक सञ्जाल र विभिन्न सार्वजनिक मञ्चमार्फत सकरातमक भूमिकामा सक्रिय भूमिका खेल्न आग्रह गरिरहेका छन्। अर्कोतर्फ, बालेनले भने आफ्नो वर्तमान जिम्मेवारीलाई नै प्राथमिकता दिएको देखिन्छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *