राजनीति

नागरिकको निराशा र घट्दो आशाले सरकारलाई कम्जोर बनाउदैँ : उपसभापति शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्री बालेन नेतृत्वको सरकारप्रति नागरिकको विश्वास दिनप्रतिदिन घट्दै गएको बताएका छन् । शर्माले वर्तमान राजनीतिक तथा सामाजिक रुपमा सरकार गम्भिर हुन नसकेको भन्दै यस्तो बताएका ह्न् । उनले समाजमा बढ्दो निराशा र नागरिकको घट्दो आशाको कारण वर्तमान सरकार कम्जोर बन्दै गएको उल्लेख गरेका छन् ।

वर्षातको समयमा सुकुम्वासीलाई विस्थापित गराएर स्थायी समाधान दिन नसकेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले भनेका छन् – हामी सरकारसँग सहकार्य गर्न तयार छौँ तर सुकुम्वासीको स्थायी समाधानका बारेमा तत्काल उपाए लगाउनुपर्छ ।

सरकारका कारण बारम्बार नागरिकले ज्युँदै मर्ने दिन आउन नहुने भन्दै शर्माले सरकारको ध्यानाकर्षण गराए । प्रेम आचार्यले आत्मदाह गरेको र हाल गणेश नेपालीले आत्मदाह गर्ने गरी समाजमा निराशा बढ्नुको कारण खोज्नुपर्ने उपसभापति शर्माको भनाइ छ । ‘गरिबको चमेली बोल्दिने कोही छ’ भनेर प्रधानमन्त्री बालेन्द्र शाहले आशा र विश्वास जगाउनुपर्ने उनले बताए । सामाजिक सञ्जालमा भिडियो मार्फत उपसभापति शर्माले बर्खाको बेलामा सुकुम्वासीलाई उठिबास लगाएको भन्दै असन्तुष्टि पनि जनाए ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *