देश

गणेश नेपाली आत्मदाह प्रकरणः डीआईजी थपलियाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन

काठमाडौं । सरकारले गणेश नेपालीको आत्मदाह तथा उपचारका क्रममा भएको मृत्युको घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ।

शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री सुदन गुरुङले डीआईजी गोविन्द थपलियाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए।

गृहमन्त्री गुरुङका अनुसार घटनासम्बन्धी अनुसन्धानका लागि काठमाडौं महानगरपालिकाका तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ।

उनले घटनाको निष्पक्ष, पारदर्शी र तथ्यमा आधारित छानबिन गरिने प्रतिबद्धता व्यक्त गर्दै दोषी देखिने जो–कोहीमाथि कानुनबमोजिम कारबाही गरिने बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *