राजनीति

धुम्बाराहीमा देउवा समूहको रणनीतिक जमघट, शीर्ष नेताहरू एकै ठाउँमा

काठमाडौं । नेपाली कांग्रेसभित्र विकसित पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न  निर्वतमान सभापति शेरबहादुर देउवा निकट नेताहरू धुम्बाराहीमा भेला भएका छन्। निर्वमान उपसभापति  पूर्णबहादुर खड्काको पहलमा सुरु भएको बैठकमा पार्टीको आगामी रणनीति र शक्ति सन्तुलनबारे छलफल भइरहेको बताइएको छ।

सर्वोच्च अदालतले पार्टीको आधिकारिकता सभापति गगन थापालाई दिएको निर्णयपछि उत्पन्न नयाँ परिस्थितिमा कसरी अघि बढ्ने भन्ने विषयमा देउवा पक्षले आन्तरिक परामर्श थालेको हो। यद्यपि, यो समूहले अदालतको फैसला स्वीकार गर्ने निष्कर्ष यसअघि नै निकालिसकेको स्रोतको भनाइ छ।

बैठकमा पूर्णबहादुर खड्कासहित कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, प्रकाशशरण महत, शशांक कोइराला, विजयकुमार गच्छदार, एनपी साउद, सुजाता कोइराला, उमाकान्त चौधरी र मोहन बस्नेतलगायत नेताहरू सहभागी छन्।

तर डा। शेखर कोइराला समूहका नेताहरू भने उक्त भेलामा अनुपस्थित रहेका छन्। यसले कांग्रेसभित्रका विभिन्न धाराबीच अझै पूर्ण समन्वय हुन नसकेको संकेत गरेको राजनीतिक वृत्तमा चर्चा छ। धुम्बाराहीको यो बैठकलाई कांग्रेसको आगामी शक्ति समीकरण र नेतृत्व संघर्षको संकेतका रूपमा समेत हेरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *