काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन आवश्यक सबै सुरक्षा तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्ले निष्कर्ष निकालेको छ।
प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले निर्वाचन सुरक्षा व्यवस्थाको विस्तृत समीक्षा गर्दै कुनै पनि किसिमको अभाव हुन नदिने निर्णय गरेको हो। रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माका अनुसार बैठकले मुलुकभर शान्ति–सुरक्षा कायम राख्न सुरक्षा निकायलाई अझ प्रभावकारी र समन्वयात्मक ढङ्गले परिचालन गर्ने निर्णय गरेको छ। निर्वाचन अवधिभर सुरक्षा संयन्त्र उच्च सतर्कतामा रहने जनाइएको छ।
बैठकमा राष्ट्रिय सुरक्षासम्बन्धी समसामयिक चुनौती, क्षेत्रीय तथा अन्तरराष्ट्रिय घटनाक्रमले पार्नसक्ने प्रभाव र भावी रणनीतिबारे समेत छलफल भएको थियो। बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्रमन्त्री बालानन्द शर्मा, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी, मुख्यसचिव सुमनराज अर्याल तथा प्रधानसेनापति अशोकराज सिग्देल सहभागी थिए। परिषद्को निष्कर्षसँगै अब निर्वाचन सुरक्षालाई थप सुदृढ बनाउँदै मतदान शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने लक्ष्य लिइएको छ।
शान्त, निष्पक्ष र विश्वसनीय मतदानको तयारी : सुरक्षा संयन्त्र र अन्तरिम सरकारको समन्वयात्मक सक्रियता
सुरक्षाको पूर्ण व्यवस्था, राजनैतिक संस्कार भएकालाई मतदान गर्न गृहमन्त्री अर्यालको सुझाव
शान्त, निष्पक्ष र विश्वसनीय मतदानको तयारी : सुरक्षा संयन्त्र र अन्तरिम सरकारको समन्वयात्मक सक्रियता




