काठमाडौं । आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ। निर्वाचन सामग्री वितरणदेखि मतदान केन्द्र व्यवस्थापनसम्मका काम सकिएको र अब मतदान प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित बनाउनेतर्फ सुरक्षा संयन्त्र केन्द्रित भएको सम्बन्धित निकायहरूले जनाएका छन्।
निर्वाचन आयोगले देशभरका मतदान केन्द्रमा आवश्यक मतपत्र, मतपेटिका तथा कर्मचारी खटाइसकेको जनाएको छ। दुर्गम क्षेत्रहरूमा हेलिकप्टरमार्फत सामग्री पुर्याइएको छ भने सहज पहुँच भएका स्थानमा स्थलमार्ग प्रयोग गरिएको छ। निर्वाचनको पूर्वसन्धायमा निर्वाचनलाई प्रभावित पार्ने केही गतिविधि सार्वजनिक भएपछि चनाखो बनेका छन् सम्पूर्ण निकाय । तर भोली हुने निर्वाचनका ला िसम्पूर्ण तयारी पुरा भएको जनाइएको छ। अन्तरिम सरकारप्रमूख सुशिला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर निर्वाचनका बारेमा जानकारी गराएकी सकेकी छन् । यो निर्वाचनन जेनजी आन्दोलनपछिको पहिलो निर्वाचन हो । मतदाता सचेत भएर निर्वाचनमा भोट हाल्नुपर्नै सरकारले जनाएको छ । साथै अन्तिरिम सरकारमा प्रधानमन्त्री नेपालकै पहिलो महिला प्रधानमन्त्री र गृहमन्त्री ओम प्रकाश अर्याल गृहमन्त्री रहेका छन् । सरकारले देशलाई जोगाउन, देशमा सुशासन र दिगो विकासका साथै आर्थिक समृद्धि बलियो बनाउन र जिम्मेवार बन्न आग्रह गरेको छ । निर्वाचनमा स्पुर्त भएर निर्वाचनमा सहभागि हुन समेत आग्रह गरेको छ ।
मतदानको मिति नजिकिँदै जाँदा मुख्य शहर, संवेदनशील क्षेत्र तथा सीमावर्ती नाकाहरूमा सुरक्षाकर्मीको उपस्थिति उल्लेखनीय रूपमा बढाइएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको समन्वयमा सुरक्षा घेरा कडा बनाइएको हो। सुरक्षा निकायका अनुसार मतदान केन्द्र, मतगणना स्थल तथा प्रमुख प्रशासनिक क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ। सम्भावित अवाञ्छित गतिविधि रोक्न गस्ती, चेकजाँच र निगरानीलाई तीव्र पारिएको छ। अघिल्ला निर्वाचनमा केही स्थानमा देखिएका झडप र विवादलाई ध्यानमा राख्दै यसपटक मतगणना स्थलमा थप सुरक्षात्मक उपाय अपनाइएको छ। कतिपय स्थानमा जालीसहितको संरचना निर्माण गरिएको छ भने सीसीटीभी निगरानीसमेत बढाइएको छ।
निर्वाचनलाई लोकतन्त्रको उत्सवका रूपमा लिँदै सबै मतदातालाई निर्धक्क र अनुशासित रूपमा मतदानमा सहभागी हुन आह्वान गरिएको छ। सरोकारवाला निकायहरूले अफवाहमा नलाग्न र कुनै शंकास्पद गतिविधि देखिएमा तत्काल जानकारी दिन आग्रह गरेका छन्। देश यतिबेला निर्वाचनको पूर्वसन्ध्यामा छ। तयारी पूरा भइसकेको अवस्थामा अब नागरिकको सक्रिय सहभागिता र शान्तिपूर्ण वातावरण नै सफल निर्वाचनको मुख्य आधार हुने देखिएको छ।




