काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पेस गरेको १५ औँ महाधिवेशन वैशाख २८ देखि ३१ गतेसम्म गर्ने प्रस्ताव पारित गरेको छ।
केन्द्रीय कार्यसम्पादन समिति बैठकले खड्काले प्रस्तुत गरेको प्रस्ताव पारित गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
पुस २६-२८ सम्मको महाधिवेशन तालिका प्रभावित भइसकेपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको तयारी गरेका थिए । महामन्त्रीहरू विशेषको तयारीमा जुटेपछि कार्यवाहक सभापति खड्काले नयाँ प्रस्ताव पेस गरेका गरेका थिए ।





