राजनीति

सत्ता सुम्पन अन्तरिम सरकार आतुर,निर्वाचन नै अन्योलमा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले निर्वाचनमार्फत स्थापित हुने नयाँ जनमतअनुसारको सरकारलाई सत्ता हस्तान्तरण गर्न वर्तमान सरकार पूर्ण रूपमा तयार रहेको बताएकी छन् । लोकतान्त्रिक प्रक्रियालाई सुरक्षित अवतरण गराउने दायित्व नै सरकारको प्रमुख जिम्मेवारी भएको उनको भनाइ छ । ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले पछिल्लो समय मुलुकमा विकसित राजनीतिक परिस्थितिलाई स्मरण गरिन् । गत भदौमा ‘जेन–जी’ युवाहरूको आन्दोलनपछि राज्य सञ्चालनमा नयाँ संवेदनशीलता थपिएको उल्लेख गर्दै उनले सरकारको प्राथमिकता सुशासन र निर्वाचनमा केन्द्रित रहेको स्पष्ट पारिन् ।

प्रधानमन्त्री कार्कीका अनुसार आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न सरकारले उच्च प्राथमिकताका साथ तयारी अघि बढाएको छ । “निर्वाचनमार्फत अभिव्यक्त हुने नयाँ जनभावनाअनुसारको सरकारलाई सत्ता सुम्पन हामी प्रतीक्षारत छौँ,” उनले भनिन् ।उनले संविधानसम्मत र लोकतान्त्रिक बाटोबाटै मुलुकलाई स्थायित्वतर्फ लैजान निर्वाचन नै एक मात्र विकल्प भएको दाबी गरिन् । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, कम खर्चिलो र भयरहित बनाउन सबै राजनीतिक दल, नागरिक समाज र आम नागरिकको सहयोग अपरिहार्य हुने उनको भनाइ थियो ।

सम्बोधनको क्रममा प्रधानमन्त्री कार्कीले समाजमा देखिँदै आएको अराजक गतिविधिप्रति पनि सरकारको गम्भीर ध्यानाकर्षण भएको बताइन् । शान्ति भंग गर्ने र कानून हातमा लिने कुनै पनि गतिविधि सह्य नहुने चेतावनी दिँदै उनले सुरक्षा संयन्त्र पूर्ण रूपमा सक्रिय रहेको स्पष्ट पारिन् । साथै, उनले खराब तत्वको प्रतिरोध र सामाजिक सद्भाव कायम गर्न समुदायको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै सबैलाई जिम्मेवार व्यवहार र सहकार्यको आह्वान गरिन् ।

अन्तरिम सरकारले समयमा नै निर्वाचन गराउने बारम्बार प्रतिवद्धता जनाएपनि भने जति सजिलो छैनन् निर्वाचन सम्मपन्न गराउन । सुरक्षा,पारदर्सिता,समावेशीता र राष्ट्रिय सहमतिको विषयमा अझै निष्कर्ष पूर्ण रुपमा नभएको देखिन्छ ।प्रमूख राजनीतिक दल, नेता तथा कार्यकर्ता ,जेनजी युवाहरुबीचको बहस नै स्पष्ट छैन् । प्रमूख राजनीतिक दल नेकपा एमाले,नेपाली कांग्रेस र नेकपा एमाले लगायतले उठाएको संसद पुनःस्थापनको पक्षमा बहस तिव्र बनाएका छन् । त्यसपश्चात जेनजी युवाहरु पनि संविधान संसोधन नगरी निर्वाचनमा जानु गलत भएको बताउँदै आएका छन् । संसद पुनःस्थापना कि निर्वाचन पहिले ? अहिलेको चर्चामा रहेको विषय नै बन्न पुगेको छ, सो विषय ।

अब नेपालको राजनीतिक यात्रा संसद पुनस्थापना कि निर्वाचनतर्फ ?

संसद पुनः स्थापनापछि मात्रै निर्वाचन हुनुपर्नेमा दलहरु र सभामुखको साझा धारणा

प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकार असफलताको दिशामा

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *