देश

प्रधानमन्त्री कार्कीको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी, समसामयिक विषयमा छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरअघिबाट सुरु भएको बैठक हाल जारी छ।

आजको बैठक नियमित प्रकृतिको भए पनि पछिल्ला राजनीतिक र प्रशासनिक घटनाक्रमसहित विभिन्न नीति–निर्णयका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

बैठकअघि प्रधानमन्त्री कार्कीले नेपाल सरकारका मुख्यसचिव, सचिवहरू र सुरक्षा निकायका प्रमुखहरूसँग समेत परामर्श गरेकी थिइन्। उनले मन्त्रालयबीचको समन्वय र सरकारी कामको प्रभावकारी कार्यान्वयनका विषयमा सुझाव लिएकी थिइन्।

स्रोतका अनुसार आजको बैठकमा मन्त्रालयहरूले अघि सारेका तत्कालीन प्राथमिकता र आगामी कार्ययोजनाबारे समेत समीक्षा हुने सम्भावना छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *