देश

मङ्सिर २७ मा नेपालको इतिहासकै ठूलो जनसभा गर्ने एमालेकाे घोषणा

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मङ्सिर २७ गते काठमाडौंमा इतिहासकै ठूलो जनसभा गर्ने घोषणा गरेका छन्। उनले उक्त सभा मार्फत जनता कसको पक्षमा छन् भन्ने देखाउने दाबी गरेका छन्।

पोखरेलले सोमबार प्रेस चौतारी नेपालमा आयोजित अन्तरक्रियामा भने, “कात्तिक २२ गते देशभरिका वडामा जनभेला, २५ गते पालिकामा र २९ गते जिल्लाहरूमा सभा आयोजना गरिसकेपछि मङ्सिर ६ गते काठमाडौं उपत्यकामा सभा हुनेछ। र अन्ततः मङ्सिर २७ मा नेपालकै इतिहासमा सबैभन्दा ठूलो जनसभा हुनेछ।”

उनले यस जनसभाबाट स्पष्ट सन्देश दिने अपेक्षा व्यक्त गर्दै भने, “जनता कहिले पनि हिंसा, अराजकता वा लुटपाटको पक्षमा हुँदैनन्। हामी देखाउन चाहन्छौं जनता कसका साथमा छन्।” एमालेले देशभरि आयोजना गरिरहेको चरणबद्ध कार्यक्रमले पार्टीको जनसमर्थन र अभियानलाई थप सशक्त बनाउन योजना बनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *