राजनीति

प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित ओलीको विशेष प्रस्ताव : ‘संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा तत्काल पुनर्स्थापना हुनुपर्ने माग गरेका छन्। बुधबारदेखि सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा ओलीले ‘मुलुकको राजनीतिक परिस्थिति र हाम्रो नीति’ शीर्षकको विशेष प्रस्ताव पेस गर्दै हालको राजनीतिक अवस्थामाथि गम्भीर टिप्पणी गरेका हुन्।

ओलीले आफ्नो प्रस्तावमा प्रतिनिधिसभा विघटनलाई “असंवैधानिक र अलोकतान्त्रिक कदम” भन्दै त्यसले मुलुकमा राजनीतिक रिक्तता सिर्जना गरेको आरोप लगाए। उनले भने,

“प्रतिनिधिसभा विघटनले निर्वाचित जनप्रतिनिधिको निकाय विहीन बनाएको छ र जनताको सार्वभौमसत्तालाई कमजोर पार्दै लोकतन्त्रविरोधी शक्तिलाई उत्साहित बनाएको छ।”

उनले एमालेले संसद विघटनको विरोध गर्दै तत्काल पुनर्स्थापनाको माग गर्ने आधिकारिक नीति लिएको स्पष्ट गरे। ओलीका अनुसार संसद विघटनबाट उत्पन्न संकट समाधानको एक मात्र उपाय लोकतान्त्रिक संस्थाहरूको पुनःस्थापना र राजनीतिक संवादको पुनर्जीवन हो।

बैठकमा प्रस्तुत प्रस्तावबारे पार्टीका शीर्ष नेताहरूले धारणा राख्ने क्रम चलिरहेको छ। एमाले स्रोतका अनुसार प्रस्ताव पारित भएपछि पार्टीले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा औपचारिक अभियान सुरु गर्ने तयारी गरेको छ।

489733622_25140230948942843_4265017387844378804_n

554119906_797199039705799_7839192789829988016_n

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *