देश

एमाले अध्यक्ष ओलीको प्रस्ताव : मंसिर २७ देखि पोखरामा महाधिवेशन गर्ने तयारी

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आगामी महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा आयोजना गर्ने प्रस्ताव गरेका छन्।

आज बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले महाधिवेशनका मिति र स्थानबारे औपचारिक प्रस्ताव पेश गर्दै तयारी सुरु गर्न निर्देशन दिएका हुन्। बैठकमा सहभागी नेताहरूले यस प्रस्तावबारे छलफल गरिरहेका छन्।

बैठकले अन्तिम निर्णय गरी महाधिवेशनको मिति र स्थल औपचारिक रूपमा टुंगो लगाउने एमाले स्रोतले जनाएको छ।

पार्टीभित्र हालैका राजनीतिक गतिविधि र संगठनात्मक पुनर्संरचना सन्दर्भमा महाधिवेशनलाई महत्वपूर्ण मोडको रूपमा हेरिएको छ। ओलीले यसलाई “पार्टी एकता र नीतिगत स्पष्टताको अवसर” बनाउने बताएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *