पाटन । नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिइएको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आज सुरु भएको बैठकलाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले स्वास्थ्य समस्याका कारण उपस्थित हुन नसक्ने भएकाले उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको जानकारी दिए।
सभापति देउवाको सम्बोधनपछि बैठक असोज ३० गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ। बैठकमा वर्तमान केन्द्रीय समितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू र आमन्त्रित सदस्यहरूको उपस्थिती रहेको थियो।




