देश

जेनजी आन्दोलन : प्रतिवेदन आएपछि मात्र कारबाही हुने गृह मन्त्रालयको प्रष्ट जवाफ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका घटनामा कारबाहीबारे गृह मन्त्रालयले प्रतिवेदनको प्रतिक्षा गर्ने जनाएको छ। मन्त्रालयका अनुसार भौतिक तथा मानवीय क्षतिको यथार्थ छानबिन गर्न बनेको जाँचबुझ आयोगले बिहीबारदेखि काम सुरु गरिसकेको छ।

जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम गठित आयोगलाई क्षतिको विवरण संकलन, निवेदन ग्रहण, विश्लेषण तथा आवश्यक रायसहित प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ।

गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आयोगको प्रतिवेदन प्राप्त भएपछि मात्रै कानूनअनुसार कारबाही अघि बढाइनेछ।” साथै, आयोगको कार्यक्षेत्रमा पर्ने विषयमा नियमित संयन्त्रबाट तत्काल कारबाही नहुने तर गैरकानुनी गतिविधिमा भने विद्यमान कानुनअनुसार तुरुन्तै कदम चालिने उल्लेख छ।

सरकारले सुशासन, राष्ट्रहित र भ्रष्टाचार नियन्त्रणका मागलाई सम्बोधन गर्न आयोगमार्फत तथ्यगत छानबिन गरेर मात्र अगाडि बढ्ने स्पष्ट संकेत दिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *