देश

उपचाररत कांग्रेस सभापति देउवालाई डा. शेखर कोइरालाकाे फोन ,संकटको घडीमा सधैँ तपाईको साथमा छु

काठमाडौं । उपचाररत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्थाबारे नेता डा। शेखर कोइरालाले फोनमार्फत जानकारी लिएका छन्। डा. कोइरालाले सभापतिलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै संकटको बेलामा पार्टी एकजुट भएर अघि बढ्नुपर्ने सन्देश दिएका छन्।

पारिवारिक स्रोतका अनुसार फोनमा भएको कुराकानीका क्रममा देशमा देखिएको संकटका विषयमा सामान्य छलफल पनि भएको थियो। डा. कोइरालाले सभापति देउवासँगै केन्द्रीय सदस्य डा. आरजु राणा र अन्य घाइतेहरूको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिएका र सबैको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

भदौ २४ गते जेनजी आन्दोलनको नाममा बुढानिलकण्ठस्थित देउवा र डा. राणाको निवासमा भएको हिंसात्मक आक्रमणमा घुसपैठ गर्ने समूहले घरमा तोडफोड, आगजनी र ज्यान लिने प्रयास गरेको थियो। उक्त घटनापछि कांग्रेसका अन्य पदाधिकारी र नेताहरूले तत्कालै निन्दा र भर्त्सना नगरेको अवस्थामा डा। कोइरालाले विज्ञप्ति जारी गर्दै कठोर शब्दमा निन्दा गरेका थिए।

विशेषज्ञहरूका अनुसार डा. कोइरालाको यो पहलले कांग्रेसभित्र एकता कायम गर्ने र नेताहरूको सुरक्षाप्रति संवेदनशीलता देखाउने संकेतको रूपमा लिइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *