काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद्मा भर्खरै नियुक्त गृहमन्त्री ओमप्रकाश अर्याल र अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गर्दै आफ्नो पहिलो निर्णय सार्वजनिक गरेका छन् ।
गृहमन्त्री अर्याल :शोक दिवस र काजकिरिया खर्च
राष्ट्रपति निवास शीतलनिवासमा शपथ लिएलगत्तै सिंहदरबार पुगेका गृहमन्त्री अर्यालले जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने घोषणा गरेका छन् ।
त्यस्तै, मृतक परिवारलाई तत्काल एक लाख रुपैयाँ काजकिरिया खर्च उपलब्ध गराउने निर्णयसमेत गरेका छन् । शोक दिवसको औपचारिक मिति मन्त्रिपरिषद् बैठकले तय गर्नेछ ।
अर्थमन्त्री खनाल :टुक्रे आयोजना बन्द
यसैबीच, अर्थमन्त्रीमा नियुक्त पूर्वअर्थसचिव रामेश्वर खनालले पदभार ग्रहण गर्दै आफूलाई “माननीय” नभन्न आग्रह गरे । उनले प्राथमिकताहीन र टुक्रे आयोजनाहरू कार्यान्वयन नगर्ने निर्णय गर्दै युवाका माग पूरा गर्ने र आसन्न निर्वाचनलाई सुचारु गर्न आवश्यक खर्च कटौती गर्ने बताए ।
प्रधानमन्त्री कार्कीले आजै अर्याल र खनालसहित तीन जनालाई मन्त्री नियुक्त गरेकी थिइन् । शीतलनिवासमा विशेष समारोहमार्फत शपथ लिएका मन्त्रीहरूले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् । अर्याललाई गृहसँगै कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने खनालले अर्थ मन्त्रालयको नेतृत्व लिएका छन् ।
नवनियुक्त मन्त्रीहरूको पहिलो निर्णयसँगै सरकारले राजनीतिक आन्दोलनमा ज्यान गुमाउनेप्रति सम्मान देखाएको र आर्थिक शुद्धिकरणतर्फ स्पष्ट सन्देश दिएको टिप्प




