देश

प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै राष्ट्रपतिले भने : देश सफल होस्

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज एक समारोहबीच पद तथा गोपनियताको शपथग्रहण गरेकी छन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई शपथ गराए।

जेनजीको आन्दोलनपछि आगलागी र तोडफोडपछि ध्वस्त शीतलनिवासमा भएको शपथ ग्रहण समारोहपछि पौडेलले उनलाई बधाई दिएका हुन्। ‘बधाई धेरै तपाईँ सफल हुनुस् देश सफल होस् जनता बचुन्’ पौडेलले कार्कीलाई भने।

अहिले उनलाई विभिन्न क्षेत्रका व्यक्तिहरूले बधाई दिइरहेका छन्।  उनी पहिलो प्रधानन्यायाधीश हुन्। अन्तरिम सरकारमा पहिलो महिला प्रधानमन्त्री पनि भएकी छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *