राजनीति

राष्ट्रपति पौडेलको सन्देश : संवैधानिक बाटोमै मुलुकलाई निकास दिन प्रयासरत छु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान राजनीतिक अस्थिरतामध्ये मुलुकलाई संवैधानिक दायराभित्रै समाधान दिने प्रयासमा आफू लागेको बताएका छन्।

बुधबार सार्वजनिक गरिएको एक वक्तव्यमार्फत उनले भनेका छन्, “देशको अहिलेको विषम परिस्थितिमा संवैधानिक बाटोमै मुलुकलाई कसरी निकास दिन सकिन्छ, लोकतन्त्रलाई कसरी जोगाउन सकिन्छ र शान्ति–सुव्यवस्था कसरी कायम राख्न सकिन्छ भन्ने विषयमा म निरन्तर विचार–विमर्श र प्रयास गरिरहेको छु।”

राष्ट्रपति पौडेलले हालको संवेदनशील अवस्थाबारे राजनीतिक दल, राज्यका अंग र नागरिक समाजबीच संवाद र सहमति आवश्यक रहेकोमा जोड दिएका छन्।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *