काठमाडौं । प्रतिनिधिसभा सांसद रामहरि खतिवडा संसदीय सुनुवाइ समिति ९संयुक्त० का सभापति बनेका छन्। उनी सभापतिमा निर्विरोध निर्वाचित भएपछि आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा सभामुख देवराज घिमिरेले खतिवडालाई शपथ दिलाए। कार्यक्रममा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा रानामगर, राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेलगायतको उपस्थिति थियो।
यसअघि ‘कुलिङ पिरियड छेडखानी’ प्रकरणमा संसदीय विशेष छानबिन समितिले नैतिक जिम्मेवारी ठहर गरेपछि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिएका थिए। त्यसपछि उनी पुनः संसदीय सुनुवाइ समितिको नेतृत्वमा पुगेका हुन्।




