काठमाडौं । भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकका २४ निर्णय सार्वजनिक गरिएका छन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले निर्णय विवरण सार्वजनिक गरेका हुन्।
निर्णयअनुसार विशेष अदालतको अध्यक्षमा उच्च अदालत जनकपुरका न्यायाधीश सुदर्शन भट्टलाई नियुक्त गरिएको छ। त्यस्तै, सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरिएको छ।
यसबाहेक श्रम अदालतको सदस्यमा अधिवक्ता कुमारी खरेललाई नियुक्त गर्ने लगायतका निर्णय पनि बैठकले गरेको मन्त्री गुरुङले जानकारी दिए।







