राजनीति

एससीओ शिखर सम्मेलनमा ओली–मोदी संक्षिप्त भेट, नेपाल–भारतबीच ऐतिहासिक गहिरो सम्बन्ध उल्लेख

काठमाडौं । सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच संक्षिप्त भेटवार्ता भएको छ।

आइतबार चिनियाँ राष्ट्रपति सी चिनफिङले आयोजना गरेको दिवा भोजको क्रममा करिडोरमा उनीहरूबीच छोटकरी छलफल भएको हो।

भेटपछिको जानकारी प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन्। उनले नेपाल–भारतबीच ऐतिहासिक र गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै आपसी सहकार्यबारे सकारात्मक संकेत दिएका छन्।

प्रधानमन्त्री ओली शनिबार चीन प्रस्थान गरेका हुन्। उनले राष्ट्रपति फिङको निमन्त्रणामा सुरु भएको एससीओ शिखर सम्मेलनमा नेपालको प्रतिनिधित्व गरिरहेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *