बारा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी मधेश यात्रामा व्यस्त छन्। वीरगञ्ज उद्योग वाणिज्य संघको कार्यक्रममा सहभागी हुन बारा पुगेकी भण्डारी भोलिसम्म त्यहीं बस्ने कार्यक्रम रहेको छ।
भण्डारी आज बिहान गढीमाइ मन्दिर पुगिन्, जहाँ महागढीमाइ नगरपालिकाका मेयर उपेन्द्र यादवसहित स्थानीयले उनलाई स्वागत गरेका थिए। त्यसपछि उनले मदन भण्डारी फाउण्डेसनद्वारा आयोजित कार्यक्रममा सरकारी सेवामा नाम निकाल्ने युवाहरुलाई सम्मान गरिन्।
भण्डारीसँगै रहेका नेता प्रकाश पौडेलका अनुसार, उनको बारा बसाइका क्रममा सामाजिक संघ–संस्था र स्थानीय नेतासँग निरन्तर भेटघाट भइरहेको छ। आज कलैयामा पनि विभिन्न कार्यक्रम तय भएका छन्।




