काठमाडौं । प्रतिनिधि सभामा सांसदका कुरा कहिलेकाहीँ चोटिला, रमाइला र चित्तबुझ्दा हुने गर्छन्। शुक्रबारको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सार्वजनिक बिदा दिने मामिलामा नेपाललाई विश्वकै पहिलो भनेर सरकारलाई व्यंग्यपूर्ण कटाक्ष गरेका छन्।
खतिवडाले शून्य समयमा बोलेर सार्वजनिक बिदा कम गर्न सरकारलाई सुझाव दिएका छन्। उनले व्यंग्य गर्दै भने, “आज एउटा खुसीको कुरा पनि भएको छ सभामुख महोदय, नेपाल सार्वजनिक बिदा दिनेमा संसारमै पहिलो नम्बरमा परेछ।”
उनका अनुसार, विश्वका अन्य देशहरूमा सार्वजनिक बिदा दिने क्रम यस्तो छस् दोस्रो स्थानमा इरान, तेस्रो म्यानमार, चौथो श्रीलंका, पाचौं बंगलादेश, छैठौं कम्बोडिया, सातौं भारत, आठौं चिली, नवौं म्यानमार, र १५ औंमा मलेसिया।
सांसद खतिवडाको यो व्यंग्यमय टिप्पणीले सरकारको नीतिप्रति हल्का आलोचना गर्दै नागरिकका दृष्टिबाट विषयलाई मज्जाले उठाएको संकेत गरेको छ।




