काठमाडौं । सरकारले नेपाल प्रहरीको ३२औँ महानिरीक्षक (आईजीपी) पदमा अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङलाई नियुक्त गरेको छ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई प्रहरी प्रमुख बनाउने निर्णय गरेको हो। वरीयता क्रममै पहिलो स्थानमा रहेका खापुङलाई सरकारले अगाडि बढाउँदै आईजीपीमा चयन गरेको हो।
वर्तमान आईजीपी दीपक थापा यही भदौ १७ गते मध्यरातिबाट अनिवार्य अवकाशमा जाँदैछन्। थापाको अवकाशपछि खापुङको नेतृत्व औपचारिक रूपमा लागू हुनेछ।




