राजनीति

कांग्रेसले चाहे उपसभामुख फेर्न सकिने प्रवक्ता गुरुङको संकेत

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले गठबन्धनको सहमति भएमा उपसभामुख पद परिवर्तन हुन सक्ने बताएका छन्। प्रेस चौतारी कास्कीले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने, “एमाले सभामुखमा छ, कांग्रेसले राजनीतिक स्थिरताका लागि उपसभामुख माग्यो भने नेताहरूले मिलाउन सक्छन्।”

गुरुङका अनुसार सभामुख–उपसभामुख पदहरू परिवर्तन हुनु अस्वाभाविक होइन। उनले स्मरण गराए,
“राष्ट्रपति, उपराष्ट्रपतिको पद जस्तो होइन, सभामुख–उपसभामुख त परिस्थिति अनुसार बदलिँदै आएका छन्।”

साथै, उनले राष्ट्रिय स्वतन्त्र पार्टीकी उपसभामुख इन्द्रिरा रानालाई सरकारले हटाउन खोजेको भन्ने हल्ला निराधार भएको दाबी गरे। “हटाउनुपर्ने भए पहिले नै हटाइन्थ्यो,” गुरुङले स्पष्ट पारे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *