देश

रास्वपा बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक कँडेल पक्राउ

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र निर्माण र बिक्री गर्ने कार्यमा संलग्न भएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हरिप्रसाद कँडेल पक्राउ परेका छन्।

चितवनको कालिका नगरपालिका–५ पदमपुरका कँडेललाई रुपन्देही प्रहरीले बुधबार पक्राउ गरी बुटवल ल्याएको जिल्ला प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीले जानकारी दिए ।

यसअघि साउन ३० गते बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथमा बस्ने क्रममा विभिन्न विश्वविद्यालय र शैक्षिक संस्थाका नक्कली प्रमाणपत्रसहित भारतको कानपुर निवासी अभिषेक यादव पक्राउ परेका थिए। यादवले सो धन्दामा कँडेलको संलग्नता रहेको बयान दिएपछि प्रहरीले थप अनुसन्धान गर्दै उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार कँडेलमाथि हाल नक्कली प्रमाणपत्र उत्पादन र कारोबारसम्बन्धी कसुरमा अनुसन्धान सुरु भएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *