राजनीति

उपसभामुख राणालाई हटाउने सरकारको तयारी , परिस्थिति बिगार्ने खेलमा प्रचण्ड

काठमाडां । नेकपा एमाले र नेपाली कांग्रेसले प्रतिनिधिसभामा उपसभामुख इन्दिरा रानामगरलाई हटाउन दुई तिहाइ बहुमत जुटाएपछि मात्रै प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन्। मंगलबारदेखि सत्तारुढ दलहरूको बैठक सिंहदरबारमा जारी छ, जसमा अन्य दलका नेताहरू पनि सहभागी छन्।

स्रोतका अनुसार, कांग्रेस र एमालेले आफ्ना सांसदहरूबाट हस्ताक्षर सङ्कलन सुरु गरिसकेका छन्। दुई पार्टीको संयुक्त सङ्ख्याले हाल १६७ मत पुग्छ। दुई तिहाइ बहुमतका लागि आवश्यक १८४ मत पुर्‍याउन बाँकी १७ मत अन्य सत्तारुढ दलहरूसँग छलफल भइरहेको छ।

बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीकी सचिव अनिता देवीसहितका प्रतिनिधिहरू सहभागी छन्।

वर्तमानमा प्रतिनिधिसभामा कांग्रेससँग ८७, एमालेसँग ७७ सांसद छन्। दुई पार्टीको संयुक्त मतसँग सरकारका अन्य दलका मत थपिने क्रम जारी छ। जनता समाजवादी पार्टीका ७, लोकतान्त्रिक समाजवादी पार्टीका ४, जनमत पार्टीका ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसदको मत सामेल भए उपसभामुख हटाउने प्रस्ताव दर्ता गर्न दुई तिहाइ बहुमत पूरा हुने देखिन्छ।

यस्तै सत्ताप्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विपक्ष दलका नेताहरुलाई छलफलमा बोलाएका छन् । उपसभामुख राणालmाई हटाउने प्रयास गर्नु सरकारको गलत भएको भन्दै उनी विपक्षी दलहरुलाई हस्ताक्षर संकलनमा रोक लगाउन सुझाव दिदैँ आएका छन् । यस्तै रास्वपाले सो विषयमा सरकारले उक्त प्रक्रिया अगाडी बढाएमा संसदमा प्रदर्शन गर्ने सँकेत देखाउँदै आएको छ । अहिले सो अभियोग लागेकी राणा अमेरिका भ्रमणमा रहेको र नेपाल आएपछि सो विषय पुन ः सतहमा आउने बुझिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *