राजनीति

रास्वपाका पूर्व महामन्त्री ढकालको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री डा. मुकुल ढकालले पूर्ववत् जिम्मेवारीमा फर्काउने मागसहित दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ। न्यायाधीश नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको हो।

ढकालले निर्वाचन आयोगको पत्रका आधारमा अदालतको ढोका ढोकिएका थिए। आयोगले रास्वपाको पदाधिकारी हेरफेर अद्यावधिक नगरेको र पार्टीले आफूलाई कारबाही गरेको कारण उनले रिट दायर गरेका थिए।

यसअघि सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश जारी गरेको भए पनि अन्ततः ढकालको माग अस्वीकृत भएको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *