राजनीति

सहकारी ठगी प्रकरणका अभियुक्त रवि लामिछानेलाई अदालतले गर्ला त जेलमुक्त ?

काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणका अभियुक्त तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको जमानत माग निवेदनमाथि आज रूपन्देही जिल्ला अदालतमा सुनुवाइ हुँदैछ। यस सुनुवाइको परिणामले उनलाई जेलमुक्त गर्ने बाटो खुला गर्ने कि पुर्पक्षकै थुनामा राख्ने भन्ने प्रश्नमा व्यापक चासो र बहस सुरु भएको छ।

लामिछानेले गत साउन १९ गते अदालतमा दिएको निवेदनमा आफ्नो भागको बिगो बराबरको रकम — २ करोड ७४ लाख ८४ हजार रुपैयाँ — बैंकमा दाखिला गरिसकेको दाबी गरेका छन्। उनका अनुसार यो रकम बुझाइसकेपछि पुर्पक्षका लागि थुनामा राखिराख्नु आवश्यक छैन् । तर अदालतले के फैसला गर्ला हेर्न बाँकी छ । लामिछानेले अदालतले तोकेको रकम बुझाए पनि निर्दोष भने लामिछाने होइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *