नेपाली राजनीतिमा फेरि एउटा रोचक मोड देखिन थालेको छ। पूर्वराष्ट्रपति विद्या भण्डारीको राजनीतिक सक्रियता र उहाँको भूमिकाबारे चर्चा चलिरहेको बेला, एक प्रश्न उठ्न थालेको छ – यदि नेकपा एमालेले उहाँलाई उपयुक्त स्थान नदियो भने, के अर्को वैकल्पिक राजनीतिक शक्ति उदाउने हो ? नेकपा एमालले एक वर्षअघि नविकरण भइसकेको पार्टी सदस्य समेत रहन नपाउने निर्णय गर्दै रद्ध गर्ने निर्णय गरेको छ ।
विद्या भण्डारी एमालेकी पुरानी, बलियो र संघर्षशील नेतृ हुन्। उहाँले नारी आन्दोलनदेखि पार्टी संगठनसम्म योगदान पुर्याएकी छिन् । तर राष्ट्रपति पदबाट अवकाश लिएपछि एमालेमा उनको उपस्थितिलाई अपेक्षित सम्मान नदिएपछि उनले यदि नेकपा एमालेले उचित स्थान नदिए । आफूसँग थुप्रै विकल्प रहेको संकेत समेत गर्न थालेकी छिन् । नेपालमा एक पटक पार्टीको नेतृत्व र देशको प्रमूख दायित्व दिने हो भने नेपालमा भइरहेका हरेक विकृतिको अवसान हुने राजनीतिक विश्लेषकदेखि देशका नागरिकहरुले बहस उठाउन थालिसकेका छन् ।
नेतृ भण्डारीजस्तो अनुभवी व्यक्ति राजनीतिक रूपमा सक्रिय रहन चाहन्छिन् भने त्यो ऊर्जा र अनुभवको उचित उपयोग हुनु आवश्यक देखिन्छ। मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा उषाकिरण भण्डारी रहेकी छिन् । उनले समेत मदनभण्डारीको अनादार भएको र आमा भण्डारीलाई दबाबउन एमालले चाहिने भन्दा बढि फन्डा रच्न थालेको बताइसकेकी छिन् । सो विषयमा सक्रिय राजनीतिमा आउन उनले आफ्नी आमा तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई बलियो बएर अघि बढ्न आग्रह समेत गरेकी छन् । यस्तै नेकपा एमालेभित्र पनि विद्याको विषयमा दुई धारमा विभाजित छ । नेकपा माओवादी र एकिकृत समाजवादी लगायतका राजनैतिक पार्टीले पूर्व राष्टपति भण्डारीका विषयमा एमालेले दबाबमा राख्न खोजेको बताएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालमा एक पटक पार्टीको र देशको नेतृत्व महिलालाई दिनुपर्ने उल्लेख गर्दै एमाले अध्यक्ष लगायत एमाले पाटीको विषयमा विरोध जनाइसकेका छन् । नेकपा माओवादी केन्द्रकै महासचिव देव गुरूङले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमाथि एमाले प्रवेशमा गरिएको प्रतिवन्ध नेपालको संविधानको मौलिक हकको धारा–१७ विपरीत रहेको बताएका छन् । त्यति मात्रै होइन, देशभरका कम्युष्टिमा आस्था राख्ने र नेपालमा नेतृत्व परिवर्तन गरी देशमा अनुशासन, भ्रष्ट्राचार र विधिको शासनलाई पूर्णपमा कार्यान्वयमा ल्याउन महिलालाई देशले रुचाएको कतिपयको बुझाइ छ ।
यदि एमालेले यथोचित स्थान नदिएर उहाँको भूमिकालाई सीमित गर्यो भने, उहाँ नेतृत्व गर्ने नयाँ धारणा वा समूहको गठन असम्भव छैन। विगतमा पनि यस्ता असन्तुष्टिहरूले नयाँ वैकल्पिक शक्तिहरू जन्माएका उदाहरण हामीसँग प्रशस्त छन्। नयाँ उदायका राजनैतिक दलहरुले स्वतन्त्र देशकै आइकनहरुले समेत भण्डारीलाई नेतृत्व दिने विषयमा सकरात्मक सन्देश दिएका छन् ।
नयाँ पुस्ता, नारी नेतृत्व र राष्ट्रवादको संयोजन खोज्ने जनताको मनोविज्ञानलाई ध्यान दिएर हेर्दा, भण्डारीको सक्रियताले एउटा नयाँ बहसको ढोका खोल्न सक्छ। यस्तो बहसले केवल एमाले मात्र होइन, समग्र नेपालको राजनीतिक स्वरूपमा नै परिवर्तन ल्याउन सक्छ। पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनः प्रवेश केवल व्यक्तिगत निर्णय होइन, यो वैकल्पिक राजनीति निर्माणको सम्भावना समेत हो। अब हेर्न बाँकी छ – एमालेले उहाँलाई ठाउँ दिन्छ वा इतिहासले फेरि नयाँ मोड लिन्छ।




