काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ। बैठकमा आगामी भदौ २०–२२ गते ललितपुरको गोदावरीमा हुने विधान महाधिवेशनका लागि तयार गरिएको विधान मस्यौदामाथि गम्भीर छलफल भइरहेको छ। पार्टी उपाध्यक्ष तथा विधान मस्यौदा समितिका संयोजक विष्णुप्रसाद पौडेलले सचिवालय र पोलिटब्युरोबाट पारित विधान मस्यौदा केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने जिम्मेवारी पाएका छन्।
पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, मस्यौदामाथि धारणा राख्न इच्छुक केन्द्रीय सदस्यलाई अधिकतम तीन मिनेट समय दिइनेछ। सचिवालय, स्थायी कमिटी र पोलिटब्युरोका सदस्यहरूले यसअघि धारणा राखिसकेकाले उनीहरू बैठकमा सहभागी भए पनि आजको छलफलमा बोल्ने छैनन्।
साउन १ गते सचिवालय र साउन २ तथा ३ गते पोलिटब्युरो बैठकमा एमालेले पार्टीभित्र ७० वर्षे उमेर सीमा र एउटै पदमा दुई कार्यकालको सिमा हटाउने निर्णय गरिसकेको छ। यिनै विषयहरू समेटेर पौडेलले विधान मस्यौदा प्रस्तुत गर्ने तयारी गरेका छन्।
एमालेले केन्द्रीय कमिटीबाट मस्यौदा पारित गरेपछि मातहतका कमिटीहरूमा सुझावका लागि पठाउने तयारी गरेको छ। ती सुझाव समेटेर विधान महाधिवेशनमा अन्तिम मस्यौदा प्रस्तुत गरिनेछ। भदौ २० देखि २२ सम्म गोदावरीमा हुने महाधिवेशन एमालेको सांगठा




