काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच शुक्रबार बिहान भेटवार्ता भएको छ। नेता कोइराला भण्डारीलाई भेट्न उनका निजी निवास पुगेका थिए, जहाँ करिब एक घण्टा कुराकानी चलेको स्रोतले जनाएको छ।
भेटका क्रममा भण्डारीले आफू सक्रिय राजनीतिमा आउने संकेत दिँदै शेखर कोइरालासँग साथ र सहयोगको अपेक्षा व्यक्त गरेकी थिइन्। कोइरालाले भण्डारीको राजनीतिक प्रवेशलाई स्वागतयोग्य भन्दै सुशासन, भ्रष्टाचारविरुद्धको आवाज र लोकतान्त्रिक मूल्यको संरक्षणमा सक्रिय रहन सुझाव दिएका थिए।




