काठमाडौँ । न्याय परिषदले सर्वोच्च अदालतका लागी तीन न्यायाधीशको सिफारिस गरेको छ ।
सोमबार बसेको न्याय परिषदको बैठकले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, मुख्य न्यायाधीश श्रीकान्त पौडेल र शान्ति सिंह थापालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको हो ।
नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा राष्ट्रपतिले सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्ने व्यवस्था रहेको छ ।





